कोलम्बिया । कोलम्बियाको ब्यारेक्युएला शहरको एक अदालतले एक व्यक्तिलाई ६० वर्षको जेल सजाय सुनाएको छ ।
झण्डै ३ सय बालबालिकालाई यौन दुराचार गरेको आरोपमा हुवा कार्लोस सान्चेज लातोरेलाई ६० वर्षको जेल सजाय सुनाइएको हो ।
सन् २००७–८ मा ती बालबालिकालाई यौन दुराचार गरेको ठहर गर्दै लातोरेलाई सो सजायँ सुनाइएको बीबीसीमा उल्लेख गरिएको छ ।
उनले अनलाईन मार्फत सम्पर्कमा बोलाएर २ सय ७६ बालबालिकाको शोषण गरेको अभियोजनकर्ताले दायर आरोपपत्रमा उल्लेख छ ।
लातोरेले आफै इन्टरनेट मार्फत बालबालिकाको तस्वीर र भिडियो सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । तर, घटना सार्वजनिक भएपछि उनी फरार भएका थिए ।
फरार उनलाई प्रहरीले गत वर्ष भेनेजुएलाबाट नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ ।
भेनेजुएला सरकारले सुपुर्दर्गी गरेपछि उनीमाथि कारवाही अघि बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया