डिजिटल मिडियाको आतंक, कसरी जोगाउने बालबालिका

नयाँ प्रविधिको विकाससँगै आर्दश, दैनिकी र स्वभाव परिर्वतन हुन्छन् । डिजिटल मिडिया स्थापना भएपछि एक अर्काको अनुहार हेरेर कुराकानी गर्न बन्द नै भएको छ । तर यो स्पष्ट छ कि सूचनाहरुको लागि स्मार्टफोन महत्वपूर्ण छ । 

बच्चाहरु पनि यो आशाको साथ स्वतः बढ्दैछन् कि उनीहरुलाई शान्त गराउनको लागि मोबाइलमा ‘प्ले स्ट्रिमिङ’ भिडियोहरु अभिभावकहरुले हेर्न लगाउँछन् ।

बच्चाहरु पनि यो आशाको साथ स्वतः बढ्दैछन् कि उनीहरुलाई शान्त गराउनको लागि मोबाइलमा ‘प्ले स्ट्रिमिङ’ भिडियोहरु अभिभावकहरुले हेर्न लगाउँछन् ।

मानिस आउने चिन्तालाई समाधान र परिवर्तन गर्न धेरै समय लाग्छ जब यो महसुस हुन्छ कि आफ्नो मूल्य, मान्यता र स्वभाव अनुसार प्रविधिलाई कसरी नियन्त्रण गर्ने त्यसबाट नियन्त्रित नभई । 

नयाँ डिजिटलको उत्पादन र सेवाहरू विकास तीव्र गतिमा भइरहँदा विशेष गरी आमाबाबुहरु अचम्म र धेरै खुसी महसुश पनि गर्छन् । अचेल बच्चाहरुलाई व्यस्त राख्ने वा फकाउने सबैभन्दा सजिलो उपाय ट्याबलेट र स्मार्टफोन भएको छ ।

महत्वपूर्ण काममा व्यस्त हुनुपर्दा अभिभावक स्मार्टफोन खेलाउन दिएर बच्चालाई भुलाउने गर्छन् ।

स्मार्टफोन बालबालिकालाई खुसी पार्न दिइन्छ ।

बच्चालाई गाडीमा चुपलागेर बस्न, रोएको बेलामा फकाउनसमेत स्मार्टफोन दिइन्छ । 

स्मार्टफोन वा ट्याब्लेटजस्ता ग्याजेट प्रयोग गर्न दिँदा बच्चाहरुमा प्रविधि अनुकुलको चेतना विकास हुन्छ तर त्यसले निम्त्याउन सक्ने खतरा र बच्चाहरुको मानसिकतामा पर्ने असरको बारेमा भने अभिभावको खासै रुचि र चासो भने हुने गरेको देखिदैन ।

ति प्रविधिहरुले आफ्नो परिवारलाई कस्ता फाईदा दिइरहेको छ भन्नेमा पनि उनीहरु आफै अल्लमलि रहेका छन् । तर अझै पूर्णतया यन्त्रहरु र एप्सहरुले भने बच्चाको सर्वोत्तम विकास भइरहेको छ भन्ने विश्वास गर्न सक्ने अवस्था भने छैन । 

चिकित्सकहरुले भने दुई वर्ष भन्दा कम उमेरका बच्चाहरुलाई कुनै पनि प्रविधिको प्रयोग नगराउन सुझाव दिन्छन् भने त्यो भन्दा माथिका बच्चाहरुलाई दिनको दुई घण्टामात्र प्रविधिको प्रयोग गर्न आग्रह गर्छन् । 

चिकित्सकहरुले भने दुई वर्ष भन्दा कम उमेरका बच्चाहरुलाई कुनै पनि प्रविधिको प्रयोग नगराउन सुझाव दिन्छन् भने त्यो भन्दा माथिका बच्चाहरुलाई दिनको दुई घण्टामात्र प्रविधिको प्रयोग गर्न आग्रह गर्छन् । 

सानो बच्चाहरुलाई स्मार्टफोन भन्दा पनि धेरै हेरचाहको जरुरी धेरै भएको मानसिक अस्पलातका निर्देशक तथा प्रमुख कन्सल्टेण्ट साइक्याट्रिष्ट डा.मोहन राज श्रेष्ठले बताए । 

“बच्चाहरुलाई खुशी राख्न सक्नु पर्छ” उनी भन्छन्, “स्मार्टफोन र प्रविधिले बच्चाहरुमा कहिले पनि खुसी भर्न सक्दैन ।” 

स्मार्टफोन वा ट्याब्लेटजस्ता ग्याजेटको धेरे प्रयोगले बच्चाहरु एकोहोरो हुँदै जाने डा.श्रेष्ठको भनाई छ ।  

आमाबुबाहरुले पनि बच्चाहरुलाई प्रस्सत समय दिनसक्नु पर्छ भन्दै उनले भने, “बच्चाहरुलाई खान खुवाउदा, सुताउदा पनि मोबाइलको नै प्रयोग गरेको पाइन्छ र त्यसले बच्चाको देखाउने गर्छन् र त्यसको असर बच्चाहरुमा धेरे नराम्रो हुँदै गएको छ जुन बानि धेरै पछिसम्म रहन जान्छ ।”  

“सबैको हातहातमा अहिले मोबाइल छ जसको कारण परिवारहरु एक आर्कोसँग टाढिदै गइरहेका छन् ।” 

डा.श्रेष्ठ थप्छन्, “सबैको हातहातमा अहिले मोबाइल छ जसको कारण परिवारहरु एक आर्कोसँग टाढिदै गइरहेका छन् ।” 

बच्चाहरुमा प्रविधिको लत लागेका बारण उनीहरुमा जिद्दीपना धेरै आएको छ । मलाई त्यही नै चाहियो र त्यो नै चाहिन्छ भन्ने भावनाको विकास बच्चाहरुमा भइरहेको उनी बताउँछन् । 

“बच्चाहरु धेरै रिसाउने र कराउने कारण पनि त्यही नै हो ।” उनले भने, “प्रविधिको विकास हुनु नराम्रो भने होइन तर यसले धेरे समस्याहरु उत्पन्न गरिसकेको छ ।” 

“बच्चाहरु धेरै रिसाउने र कराउने कारण पनि त्यही नै हो ।” उनले भने, “प्रविधिको विकास हुनु नराम्रो भने होइन तर यसले धेरे समस्याहरु उत्पन्न गरिसकेको छ ।” 

बच्चाहरुले पढ्नु पर्ने सबै समय प्रविधिको प्रयोगमा छुट्टयाएको उदाहरणहरु पनि प्रशस्तै छन् । बच्चाहरु धेरै समय खेल र सामाजिक सञ्जालमा रहँदा बच्चाहरुको स्कूलिङ त्यही अनुसारले भइरहेको हुन्छ जसको नतिजा हाम्रो सोच भन्दा धेरै पर छ । बच्चाहरुलाई स्मार्टफोन भन्दा पनि धेरे आमाबुबाको समय चाहिएको डा श्रेष्ठ बताउँछन् । 

हुन त नयाँ खालका उपकरण बच्चाहरुमा लोकप्रिय हुँदा त्यसले नकारात्मक असर गर्नसक्छ नै भन्नै हैन तर त्यसको सदुपयोग कसरी गर्ने भन्ने जान्नु जरुरी देखिएको छ ।  

पेन्सील राम्ररी समात्न नसक्ने बच्चाहरुले आफ्नो औँलाले कसरी मोबाइल सार्ने भन्ने छिटो सिकिरहेका छन् जसको परिणाम हो बालबालिकाहरु कलम र पेन्सील राम्ररी समात्न नसक्ने अबस्थामा पुगेका छन् । 

पेन्सील राम्ररी समात्न नसक्ने बच्चाहरुले आफ्नो औँलाले कसरी मोबाइल सार्ने भन्ने छिटो सिकिरहेका छन् जसको परिणाम हो बालबालिकाहरु कलम र पेन्सील राम्ररी समात्न नसक्ने अबस्थामा पुगेका छन् । 

स्मार्टफोन र ट्याबलेटहरुले बच्चाहरुको मानसिकमात्र नभई शारिरिक विकासमा समेत गम्भिर असर पर्ने गरेकोे छ । बच्चाले स्मार्टफोन चलाइरहेको अवस्थालाई पनि अन्तक्रियात्मक बनाउनुपर्छ ।

बच्चाहरुलाई डिजिटल्ली इन्गेज हुनभन्दा पनि स्मार्टफोन र ट्याब्लेटको स्क्रिनबाहिर सामाजिक अन्र्तक्रियामा बढि सहभागी हुन जोड दिनुपर्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?