काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले मंगलबार सफलतापूर्वक चन्द्रयान-३ अन्तरिक्ष यानलाई पृथ्वीको कक्षबाट हटाएर चन्द्रमाको कक्षमा पठाएको छ।
इसरोले एक विज्ञप्ति जारी गर्दै चन्द्रयान-३ ले पृथ्वीको परिक्रमा पूरा गरिसकेको र अब यान चन्द्रमातर्फ अघि बढिरहेको जनाएको छ ।
अगष्ट ५ निकै महत्त्वपूर्ण
ट्र्याकिङ एण्ड कमाण्ड नेटवर्क पेरिजी फायरिङ सफलतापूर्वक सम्पन्न भएपछि अन्तरिक्षयानले चन्द्रमाको यात्रा सुरु गरेको छ ।
यानले पार गर्नुपर्ने अर्को चरण भनेको चन्द्रमा हो। अगस्ट ५, २०२३ मा, चन्द्रयान-३ चन्द्रमाको कक्षमा प्रवेश गर्नेछ। यसपछि १६ अगष्टसम्म अन्तरिक्षयानले चन्द्रमाको कक्षमा परिक्रमा गर्नेछ । अगस्ट १७ मा चन्द्रमाको सतहबाट १०० किलोमिटर माथि प्रोपल्सन मोड्युलबाट अलग हुनेछ। चन्द्रयान–३ अगस्ट २३ मा साँझ ५ः४७ मा चन्द्रमाको सतहमा अवतरण गर्ने छ ।
चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ । चन्द्रयान–३ मा ल्यान्डर, रोभर र प्रोपल्सन मोड्युल छ । ल्यान्डर र रोभरले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ र त्यहाँ १४ दिनसम्म परीक्षण गर्नेछ। यस मिशन मार्फत, यानले चन्द्रमाको सतहमा कसरी भूकम्प आउँछ भन्ने कुरा पत्ता लगाउनुका साथै चन्द्रमाको माटोको अध्ययन गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया