राष्ट्र बैंकद्धारा आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक

लोकपथ
182
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गरेको छ । यही साउन १६ गते अर्थात आज मंगलबार राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि बजेटको लक्ष्य अनुसार आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गरेको हो ।

सो अनुसार राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्रमा विभिन्न किसिमका मौद्रिक उपकरणहरु बिक्री गरेर दुई खर्ब ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसको लागि चालू आवको पहिलो त्रैमासमा ५५ अर्ब, दोस्रो त्रैमासमा ५५ अर्ब, तेस्रो त्रैमासमा ५३ अर्ब र चौंथो त्रैमासमा ७७ अर्ब रुपैंयाँ बराबरको मौद्रिक उपकरण बिक्री गरिने राष्ट्र बैंकको भनाई छ ।

टे«जरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर आन्तरिक ऋण उठाउने तयारी राष्ट्र बैंकले गरेको छ । सरकारले चालु आवको लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैंयाँ बराबरको बजेट बिनियोजन गरेको छ ।

बजेटको श्रोत प्राप्तीकोरुपमा सरकारले १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ राजश्वबाट उठाउने लक्ष्य लिएको छ । बाँकी रकमको लागि भने सरकार आन्तरिक तथा बैदेशिक ऋणमा भर परेको छ । सोही अनुसार बजेटले निर्दिष्ट गरेको लक्ष्य अनरुप नैं दुई खर्ब ४० अर्ब रुपैंयाँ बराबरको आन्तरिक ऋण उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?