काठमाडौं । म्यानमारमा सन् २०२१ मा भएको सैनिक विद्रोहपछि जेलमा परेकी नेतृ आङ सान सुकीलाई माफी दिइएको छ ।
म्यानमारकी पूर्व नेतृ आङ सान सुकीलाई १९ अपराधमध्ये ५ अपराधमा माफी दिइएको छ । माफीपछि उनको ३३ वर्षको जेल समयमा ६ वर्ष घटाइएको छ ।
उनलाई १९ अपराधमा दोषी ठहर गरी ३३ वर्षको जेल सजाय सुनाइएको थियो । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अब उनी घरमै नजरबन्द रहनेछिन् ।
७८ वर्षीया सुकीलाई विभिन्न मुद्दामा ३३ वर्षको जेल सजाय सुनाइएको थियो । फेब्रुअरी १, २०२१ मा, सेनाले एक वर्षको लागि देशमा कूको कार्यान्वयन गरेको थियो। पछि यो आपतकालिन समय लम्बियो र अहिले चौथो पटक फेरि ६ महिनाका लागि थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया