काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज उपाधिका लागि नेपालले म्यान्मारको सामना गर्दैछ ।
यी दुर्य टिमबीचको फाइनल खेल उडिसास्थित कालिङ्गा रंगशालामा नेपाली समयानुसार सवाँ ६ बजे पछि शुरु हुनेछ । यसअघि समूह चरणको खेलमा पराजित भएको नेपाल म्यान्मारलाई हराउँदै उपाधि जित्ने लक्ष्यका साथै मैदानमा उत्रदैछ ।
दक्षिण एशियाली फुटबलको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाउने नेपाललाई उपाधि जित्दै नयाँ इतिहास बनाउने मौका रहेको छ । समूह चरणको पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा भारत र तेस्रो खेलमा इरानलार्य हराउँदै उपविजेताको रुपमा फाइनलमा पुगेको थियो ।
गत नोभेम्बरमा भएको ओलम्पिक छनोट खेलमा नेपालले म्यान्मारसँग बराबरी खैल्दै अंक बाँडेका थिए । फिफा वरियतामा नेपाल १ सय ८ स्थानमा छ भने म्यान्मार ४४ औँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया