यी देशमा अब फेसबुकमा समाचार पढ्न नपाइने, मेटाले लगायो रोक

लोकपथ
175
Shares

काठमाडौं । मेटाले क्यानडामा फेसबुक र इन्स्टाग्राममा समाचार ब्लक गर्न थालेको छ । सामाजिक सञ्जाल कम्पनीहरूले समाचारको बदलामा समाचार प्रकाशकलाई पैसा तिर्नुपर्ने कानुनको विरोधमा मेटाले यो निर्णय गरेको हो ।

नयाँ नियम फेसबुक, गुगल र ट्विटरलगायत सबै सामाजिक सञ्जालमा लागू हुनेछ । गुगलले पनि यस्तै चेतावनी जारी गरेको छ ।

मेटाले एक विज्ञप्ति जारी गर्दै फेसबुक र इन्स्टाग्राममा समाचार प्रकाशकहरूले साझा गरेको समाचार लिङ्कहरू ब्लक गरिएको र कुनै पनि प्रयोगकर्ताहरूले देख्न नसक्ने बताएको छ ।

अष्ट्रेलिया जस्तै, क्यानाडाले क्यानाडाली मिडियालाई समर्थन गर्ने उद्देश्यले अनलाइन समाचार ऐन पेश गरेको छ। क्यानडाका धेरै मिडिया हाउसहरू पछिल्ला केही वर्षहरूमा बन्द भएका छन् र धेरैले लाखौं डलर गुमाएका छन् । नयाँ कानुनअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले मिडिया हाउससँग साझेदारी गरी समाचारको सट्टामा पैसा तिर्नुपर्नेछ।

क्यानाडाको संसदीय बजेट वाचडगको अनुमान अनुसार, क्यानाडाका समाचारपत्रहरूले नयाँ कानून अन्तर्गत डिजिटल प्लेटफर्महरूबाट प्रति वर्ष करिब ३३० मिलियन प्राप्त गर्न सक्छन्। सोही विषयमा मेटाले भनेको छ कि मिडिया हाउसहरूले आफ्नो प्लेटफर्ममा समाचार साझा गर्नबाट फाइदा लिन्छन्। उनीहरूले नयाँ पाठकहरू पाउँछन् र उनीहरूको समाचार विश्वव्यापी रूपमा पुग्छन्। त्यसैले अतिरिक्त पैसा तिर्नुको कुनै अर्थ छैन।

एजेन्सीकाे सहयाेगमा  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?