प्रदेश ५ मा आज सार्वजनिक बिदा, प्रथम स्थापना दिवस मनाउँदै

रुपन्देही । प्रदेह ५ को प्रदेश सरकारले आज प्रथम स्थापना दिवस मनाउने भएको छ । 

प्रदेश सरकारको स्थापनाको वर्षदिन पुगेको अवसरमा शुक्रवार बुटवलमा विशेष कार्यक्रमको आयोजना गरि मनाउन लागेको हो । 

दिवसको अवसर पारेर आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

शुक्रवार बिहानैदेखि बुटवलमा विभिन्न सांस्कृति र सामाजिक सद्भाव झल्काउने झाँकी निकालिएको छ ।

बुटवल बहुमुखी क्याम्पसबाट शुरु भएको झाकीसहितको र्याली बुटवल मण्डपमा पुगेर विशेष सभामा परिणत हुने छ । 

कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि हिजो प्रदेशका ६ वटै मन्त्रीले विभिन्न जिल्लाको राजमार्ग सरसफाइ कार्यक्रममा सहभागी भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?