एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी गरेका छन् ।
अमेरिकी संसद्ले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी गरेका हुन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले संकटकाल लगाउने तयारी भइरहेको जनाएको हो ।
राष्ट्रपति ट्रम्पले खर्चबन्दीको अवस्था दोहोरिन नदिने तर मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन राष्ट्रिय संकटकाल घोषणा गर्न लागेका हुन् । राष्ट्रपति ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर संसद्लाई छलेर सेनालाई छुट्याइएको बजेट पर्खाल लगाउन खर्च गर्ने तयारी गरेको बताइएको छ ।
तर विपक्षी सांसदहरूले भने शक्तिको चरम दुरुपयोग गर्न लागेको भन्दै राष्ट्रपतिको आलोचना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया