युरोपा लिगमा चेल्सी विजयी, आर्सनल बोरिसोभसँग स्तब्ध

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत इंग्लिस क्लब चेल्सी विजयी भएको छ । 

बिहीवार राति सम्पन्न भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा चेल्सीले माल्मोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ३० औँ मिनेटमा चेल्सीका लागि रोस बार्कलेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको चेल्सीले दोस्रो हाफमा थप एक गोल थप्यो । खेलको ५८ औँ मिनेटमा ओलिभर गिरोडले गोल गर्दै खेललाई २-० को स्थितीमा ल्याए ।

यता ८० औँ मिनेटमा माल्मोका लागि क्रिस्टियनसेनले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । त्यसपछि खेलमा थप गोल भएन र खेल चेल्सीले २-१ गोल अन्तरले जित्यो । 

त्यस्तै बिहीवार राति नै भएको खेलमा आर्सनल बाटे बोरिसोभसँग १-० गोल अन्तरले पराजित भयो । बोरिसोभका लागि खेलको ४५ औँ मिनेटमा स्टानिसलास ड्रागुनले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । 

यता बेन्फिाकाले गलतासारायलाई २-१ गोल अन्तरले, सेभिल्लाले लाजियोलाई १-० गोलले, इन्टर मिलानले -यापिड भियनालाई १-० गोल अन्तरले, तथा भ्यालेन्सियाले सेल्टिकलाई २-१ गोल पराजित ग-यो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?