प्रधानमन्त्री ओली सरकारको एक वर्षः एक खर्ब ९८ अर्ब रुपैयाँ लगानीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासमै पहिलोपटक लगानी प्रबर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना भएको दाबी गरे ।

बिहीवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधनमन्त्री ओलीले आफूले आफूले जिम्मेवारी सम्हालेयता ४ सय ९९ वटा उद्योग दर्ता भएको बताउँदै १ खर्ब ९८ अर्ब रुपैयाँ लगानीको प्रस्ताव आएको भन्दै विदेशी लगानी आएन भनेर आलोचना गर्नुको आवश्यक नभएको बताएका छन् । 

यसैगरी संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको दरबन्दी निर्धारण गर्नुलाई पनि उपलब्धिको रुपमा व्याख्या गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कर्मचारी समायोजनको अधिकांश काम एक वर्षभित्रै सकिएको हो ।’ तर, सरकराले एक वर्षको अवधिमा २ प्रतिशत कर्मचारी पनि समायोजन गर्न सकेको छैन । 

उता कानून निर्माणमा भने सरकार सफल भएको दाबी प्रधनमन्त्री ओलीको छ । 

एक वर्षको अवधिमा संघीय संसदबाट २५ वटा कानून बनेका छन् भने २३ वटा विधेयक संसदमा विचाराधीन छन् । 

साथै यो एक वर्ष भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २२ घण्टा सञ्चालनमा आएको, ४ सय ९७ किलोमिटर सडक निर्माण भएको, ४ सय १७ वटा झोलुङ्गे पुल बनाएको, भेरी बबई डाइभर्सनमा ८ किलोमिटर सुरुङ निर्माण गरेको लगायतलाई सरकारका प्रमुख उपलब्धि भएको प्रधानमन्त्रीले दाबी गरेका छन् । 

यसैगरी हिजो मात्रै सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतको घोषणा ओली नेतृत्वको सरकारले गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?