काठमाडौं । कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउस बीच बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
यो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले पोखरा–०६, लेकसाइड स्थित चिल्ली बार एण्ड रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १२ प्रतिशत सम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया