रामोसमाथि दुई खेलको प्रतिबन्ध लाग्ने सम्भावना बढ्यो

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोस दुई खेलमा प्रतिबन्धमा पर्न सक्ने सम्भावना बढेको छ । 

उनलाई युरोपियन फुटबल संघ ‘युईएफए’ले खेलाडी रामोसलाई दुई खेलको प्रतिबन्ध लगाउने तयारी अगाडि सारिसकेको छ । गत बुधवार सम्पन्न अयाक्सविरुद्धको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा कासपर डोलबर्गलाई फल गरेपछि उनले ‘यल्लो’ कार्ड पाएका थिए ।

 उक्त विषयलाई लिएर उनले नकरात्मक प्रतिक्रिया दिएपछि ‘युइएफए’ले उनीमाथि कारवाहिको प्रक्रिया अगाडि बढाएको हो । प्रतिबन्ध लागे उनले दोस्रो लेगको खेल गुमाउने छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?