मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई शुक्र हाउसमा विशेष छुट

लोकपथ
56
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिजा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको पानीपोखरीमा रहेको “शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यो व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर” का विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?