एजेन्सी । कश्मीरको पुलवामामा भएको आत्मघाती आक्रमणमा जैश-ए-मोहम्मदको संलग्नता रहेको आरोप भारतले लगाएको छ ।
अर्धसैनिकहरूलाई लक्षित गरी बिहीवार कश्मीरको पुलवामा आत्मघाती आक्रमण भएको थियो ।
दिल्लीले पाकिस्तानी भूमिबाट सञ्चालित सो लडाकु समूहका नेता मसूद अजहरलाई संयुक्त राष्ट्रसङ्घद्वारा आतङ्कवादीमा सूचित गर्न माग राखेको छ। भारत प्रशासित कश्मीरमा बिहीवार भएको आक्रमण त्यहाँ भारतीय शासनविरुद्ध सन् १९८९ मा विद्रोह शुरु भएयताकै सबैभन्दा नराम्रो भएको भनिएको छ ।
जैश-ए-मोहम्मद एउटा संगठन हो । इस्लाम धर्मगुरु मौलाना मसूद अजहरले सन् २००० मा स्थापना गरेको यो उग्रवादी समूहलाई विगतमा भारतीय भूमिमा भएका कतिपय घटनाहरूका लागि जिम्मेवार मानिदै आएको छ ।
उक्त समूहलाई भारत, यूके, अमेरिका र संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी सङ्गठन भनेका छन्। सन् २००२ देखि सो समूह पाकिस्तानमा पनि प्रतिबन्धित रहेको छ। तर मसूद अजहर फरार रहेका छन्। उनी पाकिस्तानको पन्जाब प्रान्तको बहावलपुर क्षेत्रमा सक्रिय रहेका आशंका गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया