काठमाडौं । नेपालमा रेमिट्यान्स सेवा दिंदै आएको रेमिट टू नेपालमार्फत पठाएको पैसा अब सजिलो पे मोबाईल वालेटबाट झिक्न सकिने भएको छ ।
बुधबार रेमिट टू नेपालका जनरल म्यानेजर सन्तोष भेटुवाल र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिकी प्रमुख कार्यकारी अधिकृत रस्मिना रञ्जितले दुई कम्पनीविच रेमिट सेवा उपलब्ध गराउने बारेको सझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) को भुक्तानी सजिलो पे एप मार्फत पाउनेछन् । खाडी मुलुक, त्यस्तै जापान र युरोपबाट रेमिट्यान्स कारोबार अझै सहजहुने रेमिट टू नेपालले बताएको छ ।
भेटुवालले छिटो र सुरक्षित रेमिट्यान्स सेवाउपलब्ध गराउने आफ्नो योजनामा सजिलो पे वालेटसँग सहकार्य गर्न पाउँदा खुसीव्यक्तगर्दै यसले रेमिट्यान्स सेवाझन सजिलो हुने बिश्वास व्यक्त गरे । छिटो र सुरक्षित रेमिट्यान्स सेवाअहिलेको आवस्यकता हो । यसमा सजिलो पे ले झन सजिलो बनाउने छ,’ उनले भने ।
त्यस्तै, सजिलो पे ले सहज भुक्तानीमा काम गर्दै आएकोले रेमिट टू नेपालसंगको सहकार्यले रेमिट्यान्स भूक्तानीमा अझै सहज हुने रञ्जितले बताईन् । ’यसले विदेशमा रहेका नेपालीले पाठाएको पैसा सिधै पाउने ब्याक्तिको हातहातमापुग्ने भएकाले आफ्नाप्रयोगकर्तालाई झनै सहज हुनेछ,’ उनले भनिन् ।
यस्तै सजिलो पेका म्यानेजर प्रविण खत्रीले युटिलिटी पेमेन्ट सेवादिंदै आएको कम्पनीले रेमिट कम्पनीको सहकार्यमा रेमिट सेवा समेत शुरू गरेकाले यस्ता अन्य सेवाथप्दै जाने बताए । यो सम्झौता पछि सजिलो पे का ३ लाख वढी प्रयोगकर्ताले यो सेवापाउने उनले बताए ।
‘हामिले सेवाविस्तरको क्रममावालेटबाट शुरू गरेर रेमिटट्यान्स सेवापनि जोडिएका छौं । एउटै प्लेटफर्मबाट धेरै सेवादिने हाम्रो योजना छ,’ उनले भने ।
त्यस्तै रेमिट टु नेपलका बिजनेस डेभलपमेन्ट एक्सुकेटिभ दिनेश चालिसेले आगामी दिनमा अन्य सेवामा समेत सजिलो पे संग थप सहकार्य गर्न सकिने विश्वस व्यक्त गरे ।
सजिलो पे यूटीलिटी पेमेन्टको कामगर्दै आएको नेपालकै पहिलो धेरै भाषामा उपलब्ध वालेट एप हो । ’सजिलो पे’ ले आफ्नो सेवाको सुरुवात डिजिटल वालेटको रुपमा गरेको छ र यसको सेवा उपयोग गर्न ग्राहकले ’सजिलो पे’ को मोबाइल एपमा गई सामान्य व्याक्तिगत विवरणहरु भरेर दर्ता हुनु पर्ने छ । त्यस्पछि यसमा विभिन्न माध्यमहरु जस्तै ई बैंकिंग, मोबाइल बैंकिंग, कनेक्ट आइपी. एस., विदेशबाट रेमिट्यान्स, नेपाली डेबिट/क्रेडिट कार्ड र आफ्नो बैंक खाताबाट सिधै लिङ्क गरेर यसमा पैसा जम्मा गर्न सकिनेछ । उक्त जम्मा भएको पैसाबाट विभिन्न सेवाहरू जस्तै, सरकारी उपयोगिताहरू– पानी, विद्युत, नागरिक लगानी कोष, कर कार्यालय, ट्राफिक फाइन, लोकसेवा, राहदानी भुक्तान, दूरसंचार (एन.टी.सी., एनसेल, स्मार्ट सेल,इन्टरनेट (वल्र्ड लिंक, सुबिसु, भायनेट, क्लासिक टेक, लूप नेटवर्क, वेब सरफर र २० प्लस अन्य नेट सर्भिस प्रदायकहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया