तपाईको बच्चाको ‘साथी’ को हो ? होसीयार ! अभिभावकले हेक्का राख्नुपर्ने केहि सम्बन्धहरु

साथी, जो जीवनको एउटा अभिन्न पाटो मानिन्छ । संसारमा त्यस्ता धेरै उदाहरणहरु छन्, जसले आदर्श साथीको मानक स्थापित गरेका छन् । 

साथीकै कारण मानिस प्रगतिपथमा लम्कन्छन् । म  आज जे छु मेरो मिल्ने साथीका कारण छु । यो एउटा स्थापित भनाई हो । सफल हुनेहरुले अक्सर यस्ता अभिव्यक्ति दिन्छन् । यसको पछाडि साथीत्व निभाउन हरसम्भव कोशिस गर्ने साथीको हात हुन्छ । 

यदि हामीले आफ्नो बच्चाबेलाको दिनहरु सम्झियौं भने अथवा प्राथमिक विद्यालयका दिनहरु फर्केर हे-यौं भने, यो सबैजनाले स्वीकार गर्नुहुन्छ, होला कि असल साथी बनाउनु  कहाँ सजिलो थियो र ?

कहिलेकाँही मित्रता सुविधा वा अस्तित्वबाट उत्पन्न हुन्छन् जब हामी सीमित साथीहरुको छनोट गर्छौ । कहिले काँही मित्रताले लेनदेन, खाजा र लालीपपबाट शुरु हुन्छ भने कुनै मित्र खेल मैदान र प्रतियोगीताबाट हुन्छ । 

तर असल साथीहरु ति हुन् जो हर प्रहर हाम्रो साथमा खडा हुन्छन् । हाँसो र रोदनमा, सफलता र हारमा, प्रस्तता र खाँचोमा । साथीको सम्बन्ध तब बलियो हुन्छ जब हामी एक अर्को प्रति इमान्दार रहन्छौं र उसको भरोसामा खडा रहेर उसलाई आदर गर्छौ । 

यस परिप्रेक्ष्यबाट, राम्रो मित्रता उपयोगिता, आनन्द वा सुविधामा आधारित हुनुहुदैन जो जुन समय पनि छैन भंग हुन सक्छ तर मित्रताको त दुवै व्यक्तिको चरित्र वा गुणहरुको आधारमा बन्नु पर्छ । 

यस्तो मित्रतालाई स्वतन्त्र, पारस्परिक रुपमा अघि बढ्न दिनु पर्छ जसका कारण उनीहरु एक अर्काको स्वभावहरु पहिचान गर्न सकुन् ।

असल मित्रताको बारेमा हामीले धेरै कहानीहरु सुन्दै आएका छौं । असल मित्रताको उदाहरण दिएर कैयौं कथा, कविता, पुस्तक लेखिएका छन् सिनेमा बनेका छन् । त्यसैले होला भनिन्छ, ‘उज्यालोमा एक्लै हिँड्न भन्दा अध्याँरोमा एक साथीसँग हिँड्नु राम्रो हुन्छ ।’

उज्यालोमा एक्लै हिँड्न भन्दा अध्याँरोमा एक साथीसँग हिँड्नु राम्रो हुन्छ ।’

तर, साथी एकनास हुँदैन । साथीको स्तर नाप्ने साझा व्यारोमिटर पनि हुँदैन । साथी अनेक खालका हुन्छन् । हामीसँग जोडिन आइपुग्ने साथीको आनीबानी, प्रवृत्ति, नियत भिन्न भिन्न हुन्छ । त्यसलाई कसरी पहिचान गर्ने ?

एक अर्कासँग रहँदा समय बितेको थाहै हुदैन भने सम्झिनुहोस् उ तपाईको मिल्ने साथी हो । 

तपाईंको असल साथीले तपाईंको प्रशंसा र आलोचनामा सन्तुलन राख्छ । 

असल साथी तपाईको शक्ति हो र उनीहरुले तपाईको नराम्रा मात्रै होइन राम्रा कुराहरु पनि बताउँछन् । 

उनीहरुले तपाईंलाई प्रेरणा दिन्छन् ।

हरेक सम्बन्धले त्याग र जिम्मेवारीको माग गर्छन् ।

यदि तपाईको सोख र रुचीमा साथीले हरेकपटक आफूलाई मनपर्दैन भनेर चासो दिँदैन भने उसँग तपाईले मित्रता कायम राख्नुको कुनै अर्थ हुँदैन । 

कुनै पनि सम्बन्ध त्यतिखेर मात्रै सुमधुर रुपमा अगाडि बढ्छ जब एकअर्कामा विश्वास र भरोसा हुन्छ । 

असल साथीले कहिल्यै पनि तपाईंको गोपनियता तेस्रो व्यक्तिसँग खोल्दैन ।

असल साथीले तपाईलाई दुःख परेको बेलामा साथ दिन्छ । जब तपाईलाई दुःख पर्दा वा कुनै समस्या आइपर्दा कुनै साथीले तपाईंलाई साथ दिँदैन भने त्यस्तो साथीसँग संगत गर्नु राम्रो हुँदैन ।

कैयौं मानिसहरुले भनेको सुन्नु भएको छ होला–मेरो साथीले मलाई मोटरसाइकल चलाउन सिकायो, मलाई अंग्रेजी सिकायो । यदि तपाईलाई पनि साथीले तपाईंलाई नआउने धेरै कुरा सिकाएको छ भने सम्झिनुहोस् तपाईंलाई साथीले धेरै माया गर्छ ।

जहिले पनि साथी बनाउँदा ऊ असल छ कि छैन भन्ने ख्याल गर्नुपर्छ । राम्रो बानीबेहोरा भएका, मिलनसार, पढाइमा ध्यान दिने, सिर्जनशील व्यक्तिलाई साथी बनाउनुपर्छ ।

पढाइमा अल्छी, अरूसँग झगडा गर्ने, झूटो बोल्ने, आफूभन्दा ठूलाले भनेको नटेर्ने, गुरु-गुरुआमाले भनेको नमान्ने, घर, स्कुल र अरू ठाउँमा बदमासी गर्ने व्यक्ति असल साथी हुन सक्दैनन् ।

ठूलालाई आदर नगर्ने, सानालाई माया नगर्ने बानी पनि राम्रो होइन । त्यसैले राम्रो बानी भएकालाई मात्रै साथी बनाउनुपर्छ । 

साथी बनाउँदा जातजाति, कालो–गोरो, होचो अग्लो, शारिरीक अशक्तता भएको, सपांग हेर्नु हुँदैन । खाली उसको बानी-बेहोरा हेर्नुपर्छ । बानी राम्रो भए जसलाई पनि साथी बनाउँदा हुन्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?