काठमाडौं । यो साता सेयर बजार परिसुचक उकालो लागेपनि कारोबार रकम खासै बढ्न सकेन् । नियमित कारोबारको लागि सातामा पाँच कार्य दिन खुल्ला रहेको नेप्से पहिलो र तेस्रो दिन ओरालो लागेको थियो ।
यि बाहेकका बाँकी दिनहरुमा भने बजार परिसुचक लगातार उकालो लागेको थियो । बजार परिसुचक उकालो लागेपनि यसले कारोबार रकम बढाउन सकेन् । जसबाट सेयर बजार परिसुचक (नेप्से) यो साता दुई हजार ८९ दशमलव ८४ अंकमा सिमित हुन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९९ दशमलव ५४ अंकमा सिमित हुन पुगेको छ ।
नेप्सेमा आएको यही उतारचढावकाबिच यो साता दुुई सय ६९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । ति कम्पनीहरुको कुल दुई लाख चार हजार ७६ पटकको कारोबारमा तीन करोड २८ लाख ९९ हजार एक सय ५२ कित्ता शेयर खरिद–बिक्री हुुँदा कारोबार रकम नौं अर्ब ८७ करोड ९७ लाख ३९ हजार एक सय ६१ रुपैंयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै सात अर्ब रुपैंयाँले कम हो ।
गत साता १६ अर्ब ८८ करोड ३० लाख ५८ हजार एक सय ३६ रुपैंयाँको सेयर कारोबार भएको थियो । कुल दुुई सय ७१ वटा कम्पनीहरुको दुई लाख ९० हजार एक सय तीन पटकको कारोबारमा पाँच करोड ४३ लाख ६९ हजार सात सय २३ कित्ता शेयर खरिद–बिक्री उक्त परिमाणमा रकम कारोबार भएको थियो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता पहिलो र तेस्रो दिन घटेको नेप्से बाँकी दिनहरुमा भने लगातार बढेको थियो । जसमध्ये पहिलो दिन २६ दशमलव १४ अंकले घटेर २१ सय दशमलव १४ अंकमा खुम्चिएको नेप्से दोस्रो दिन पाँच दशमलव ८४ अंकले बढेर २१ सय छ दशमलव १ अंकमा पुग्न सफल भएको थियो । यसैगरी तेस्रो दिन पुन २८ दशमलव ५९ अंकले घटेर दुई हजार ७७ दशमलव ५८ अंकमा खुम्चिएको नेप्से चौंथो दिन नौं दशमलव २५ अंकले बढेर दुई हजार ८६ दशमलव ८४ अंकमा चढ्न पुगेको थियो । पाँचौं दिन पनि नेप्से तीन अंंकले बढेर दुई हजार ८९ दशमलव ८४ अंकमा कायम रहन सफल भएको थियो ।
यसैगरी पहिलो दिन चार दशमलव १७ अंकले घटेर तीन सय ९९ दशमलव ६६ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन दुई दशमलव १८ अंकले बढेर चार सय एक दशमलव ८५ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पाँच दशमलव १३ अंकले घटेर तीन सय ९६ दशमलव ७२ बिन्दुमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने एक दशमलव ५६ अंकले बढेर तीन सय ९८ दशमलव २८ अंकमा चढ्न सफल भएको थियो । पाँचौं दिन पुन सेन्सिटिभ इनडेक्स एक दशमलव २५ अंकले बढेर तीन सय ९९ दशमलव ५४ अंकमा पुग्न सफल भएको थियो ।
यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया