काठमाडौं । चीनको शानडोङ प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको छ । देझाउ सहरको पिङयुवान काउन्टीमा ५।५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।
स्थानीय समय अनुसार आइतबार दिउँसो २ः३० बजे भूकम्पको धक्का महसुस गरिएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।
भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने कम्तीमा १० जना घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु डेझोउ शहरबाट २६ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया