एनआईसी एशिया बैंकको चौथो त्रयमासिक वित्तीय विवरण सार्वजनिक

लोकपथ
133
Shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आ.व. २०७९/८० को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेको बैंकद्धारा जारी गरी बिज्ञप्तीमा उल्लेख छ ।

बैंकले आ.व. २०७९/८० को चौथो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम दुई खर्ब ७१ अर्ब ५९ करोड रुपैंयाँ पुर्याउन सफल भएको छ ।

साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन तीन खर्ब १४ अर्ब ३१ करोड रुपैंयाँ पुर्याउन बैंक सफल भएको छ । बैंकले यस त्रयमास सम्ममा खुद मुनाफातर्फ चार अर्ब ६५ करोड रुपैंयाँ आर्जन गर्न सफल भएको छ, जुन वार्षिक विन्दुगत आधारमा १० प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व-पूँजीमा प्रतिफल १७ दशमलव शुन्य सात प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ४० रुपैंयाँ २२ पैसा आर्जन गर्न बैंक सफल भएको छ ।

स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २० वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई चौथो त्रयमाससम्ममा शुन्य दशमलव ८० प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकले आ.व. २०७९-८० मा छ लाख बढी नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?