काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यवसायीहरुले बेइमान गरेको आरोप लगाएका छन् ।
उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघ तथा मोरङ उद्योग संघका पदाधिकारीसँग आज (शनिवार) भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘पर्याप्त मौज्दात रहेपनि आयत प्रतिबन्ध लगाउन लगाएर व्यवसायीले बजारमा चिनीको कृतिम अभाव सिर्जना गरेको हो ।’
यसैगरी भेटमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै पदाधिकारीहरुले पछिल्लो समय बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाएको समेत बताए ।
पछिल्लो समय बैंकहरुले बढाएको ब्याजदर नियमन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिने प्रधानमन्त्रीले आस्वासन दिएको उद्योग संघ मोरङका अध्यक्ष पवन सराडाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया