काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका ३ वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेहरुमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंक रहेका छन् ।
केन्द्रीय बैंकको निर्देशन उल्लंघन गरी व्यवसाय गर्दा गत आर्थिक वर्ष चौथो त्रैयमासमा यी तीन बैंक कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ ।
तीन बैंकहरुलाई कारबाही गरिएको सूचना जारी गर्दै राष्ट्र बैंकको वाणिज्य बैंक सुुपरीवेक्षण विभागले बैंकहरु र बैंकका अध्यक्ष, सञ्चालक तथा सिइओलाई कारबाही गरिएको र गल्तीबापतको जरिवाना समेत सार्वजनिक भएको छ ।
कुमारी र हिमालयन बैंक कर्जा÷स्रोत परिचालन अनुपालन गर्दा कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ । यता कुमारी कुमारीले कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो तोकिएको सीमा अर्थात ९० प्रतिशतभन्दा बढी कायम गर्दा नगद जरिवानामा परेको देखिन्छ । कुमारीले २०७९ माघमा ९० प्रतिशतभन्दा बढी सिडी रेसियो कटाएर व्यवसाय गर्दा ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ २२ पैसा जरिवाना तिरेको थियो ।
त्यसैगरी हिमालयन बैंकले गत आवको कात्तिकमा सिडी रेसियो ९० प्रतिशतमाथि राखेर व्यवसाय गर्दा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना तिरेको जनाइएको छ ।
त्यस्तै प्राइम कमर्सियल बैंक पनि राष्ट्र बैंकको कारबाहीमा परेको छ । दिइएका तीन निर्देशन उल्लंघन गरी व्यवसाय गर्दा बैंकका सिइओ नारायणदास मानन्धरलाई राष्ट्र बैंकले नसिहत अर्थात बोलाएर सचेत गराएको हो ।
बैंकले एकीकृत निर्देशन २०७९ निर्देशन नम्बर २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था गरेको हो। बैंकले गत आवको चौथो त्रैमासमा ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भार सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको थियो। साथै, बैंकले प्रिमियम दर बढाएर ब्याज असुल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया