एजेन्सी । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सैन्य विमान कोलम्बियाको सीमा सहर कुकुता शहर आइपुगेको छ ।
भेनेजुएलासँग सिमा जोडिएको कोलम्बियाको कुकुता शहरमा मानवीय सहायता बोकेको अमेरिकाको सैन्य जहाज अवतरण गरेको हो
स्थल मार्ग हुँदै पठाएको सहायता सामाग्री राष्ट्रपति निकोलस मडुरोले मुलुक भित्र्याउन नदिएपछि अमेरिकाले हवाई मार्ग हुँदै मानवीय सहायता पठाएको बीबीसीले उल्लेख गरेको छ ।
यता भेनेजुएलाका राष्ट्रपति मडुरोले आफ्नो नियन्त्रण कायम गर्न अमेरिकाले सहयोग सामाग्री पठाएको आरोप लगाउँदै आएको छ ।
राष्ट्रपति मडुरोको पक्षमा रहेको सेनाले सहायता सामाग्री बोकेका सैन्य जहाजलाई सिमा शहर कुकुतामा रोकेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया