बागलुङ । पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौं बस सेवा शुरु गरेको छ ।
ट्राभल्सले अति विशिष्ट (भिआइपी)हरुका लागि सो बस सेवा शुरु गरेको हो । वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ ।
बीस सिट क्षमताको बस आजदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौंका लागि र सोही समयमा काठमाडौंदेखि बागलुङका लागि छुट्नेछ । यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।
“बागलुङमा पहिलोपटक भिआइपी बस सेवा शुरु भएको छ”, उनले भने, “यात्रुको सन्तुष्टी र सुरक्षाप्रति हामी प्रतिबद्ध छौँ”, धवलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिमा आबद्ध भई प्रालिले बस सञ्चालन गरेको हो । बागलुङ–काठमाडौं भाडादर रु १५०० तोकिएको छ । जसमा बसभाडाबाहेक खाजा, चिया, पानी, मनोरञ्जन, चिसो पेयपदार्थ आदिको शुल्क जोडिएको छ । अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सकिने व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया