आलुको बोरामा ३० किलो चरेस

काठमाडौं । आलुको बोरामा लुकाएर ल्याउँदै गरेको ३० किलो चरेस प्रहरीले नियन्त्रणमा लिएको छ । 

लागूऔषध कारोबारीले आलुको बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले बुटवल बसपार्कबाट ३० किलो चरेस बरामद भएको हो । 

चरेससहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रदेश ५ अपराध अनुसन्धान ब्यूरोले ३० केजी चरेससहित मकवानपुरका राजु कुमार स्याङताङ, शंकर वाईबा र ईन्द्रमान तामाङ पक्राउ परेको इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसीपी डिल बहादुर मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?