एजेन्सी । एथ्लेटिको म्याड्रिड जारी स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
शनिवार राति सम्पन्न भएको २४ औँ चरणको खेलमा एथ्लेटिको म्याड्रिडले लिगको १८ औँ स्थानमा रहेको रायो भाल्लेकानोमाथि १-० गोल अन्तरले पराजित गर्दै लिगमा एक स्थानमाथि उक्लिएको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । म्याड्रिडका लागि खेलको ७४ औँ मिनेटमा एन्टोनियो ग्रिजम्यानले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । जितपछि म्याड्रिडले ४७ अंकका साथ लिगको दोस्रो स्थानमा छ ।
त्यस्तै आइतवार बिहान भएको अर्को खेलमा उपाधि होडमा रहेको बार्सिलोनाले लिगको १५ औँ स्थानमा रहेको भाल्लाडोलिटलाई १-० गोल अन्तरले पराजित ग-यो । बार्सिलोनाका लागि खेलको ४३ औँ मिनेटमा लियोनेल मेस्सीले पेनाल्टीमार्फत गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । जितपछि बार्सिलोनाले ५४ अंक बनाएको छ ।
शनिवार राति नै भएका अन्य खेलहरुमा लेभान्तेले सेल्टा डि भिगोलाई ४-१ गोल अन्तरले तथा रियल सोसिडाटले लेगानेसलाई ३-० गोल अन्तरले पराजित ग-यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया