पशुपती शर्माको समर्थनमा फ्यान, सरकारको विरोध गर्दै खनिए समाजिक सञ्जालमा

“लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरू देशमा पाईदैन नेपालमै हो छुट“

पशुपती शर्माको शब्द र संगितमा रहेको यो गीत अत्यन्त समय सान्दर्भिक भएको बन्दै ठूलो चर्चा बटुल्न सफल भयो । 

एक फेसबुक प्रयोगकर्ताले गित रिलिज भएको दिन आफ्ने वालमा लेखेका थिए, “यस्तो गित गाउनेलाई बल्ल भनिन्छ जनताको गायक ! गितको बोल, शब्द र भाव सबैमा दम छ । शुभकामना अनि जय होस पशुपति शर्मा ज्युको ।”

अर्को फेसबुक प्रयोगकर्ता रुपक साउले लेखेका छन्, 'पञ्चायत सुने, बहुदल र गणतन्त्र भोगे, तर देश र जनताको निस्वार्थ रुपले माया गर्ने नत कुनै नेता भेटे नत अरु कोहि…त्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट,अरु देशमा पाईदैन नेपालमै हो छुट।।।'

यस्तै गितले हो समाज परिर्वतनमा टेवा पुराउने ! कुशल कलाकार पत्रकार जो पैसामा बिक्दैनन उहाँहरुले नेपाली राजनीतिक र जनताले भोगेको दुःख नजिकै बाट निहाल्ने मात्र होईन कलाकार ले गीतद्वारा प्रस्तुत गर्छन, त्यस्तै पत्रकारले कलम चलाएर समाचार सम्प्रेषण गर्छन।

स्वच्छ निस्वार्थ देशप्रति निष्ठा इमान्दारिता तटस्थ कलाकार र पत्रकारप्रति कोटि–कोटी नमन !

तर, ‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक गीत युट्यूव च्यानलमार्फत गायक पशुपति शर्माले हटाएका छन् ।  उनले सामाजिक सञ्जालमा माफी माग्दै उक्त गित हटाएका हुन् । 
उनले सार्वजनिक गरेको गीतमा राष्ट्पति, प्रधानमन्त्रीसहित व्यक्तित्व र भ्रष्टाचार र अनियमिततामाथि चोटिलो प्रहार गरेका थिए । जसमा केही अपात्य शब्द समेत प्रयोग गरिएको भन्दै समाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया आएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै शर्माले गीतबाट कसैले चोट पुग्न गएको भए माफी मागेको बताए । 

कतिपयले सरकारी तहबाट दवाव आएपछि शर्माले यो गीत हटाएको आशंका गरेका छन् । शनिबार केही अनलाइन सञ्चालमाध्यमले शर्माको गीतले प्रधानमन्त्री निवास बालुवाटार र सत्तारुढ दल नेकपामा गीतलाई प्रतिबन्ध लगाउनेसम्मबारे छलफल भएको खबर सार्वजनिक भए । 

‘लुट्न सके लुट कान्छा’ गीत युट्यूवबाट हटेसंगै सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ । पशुपति शर्माको शुभचिन्तक र फ्यानहरुले उनको पक्षमा आवाज उठाउँदै यथार्थ स्वीकार गर्न नसक्ने सरकार भन्दा व्याङ्ग पनि प्रहार गरेका छन् । 

उनले लेखेको स्टाटसमा उनका फ्यानहरुको प्रतिक्रया यस्ता छन्:

दामोदर नेपाल लेख्छन्, 'गीत यथार्थ परक र समय सान्दर्भिक छ, यसलाई हटाउनुपर्ने कुनै कारण छैन, यो सरकारबाट फाइदा लिएका व्यक्ति बाहेक अरु कसैले पनि गीतको बिरोध गरेको छैन,कुकुरहरू भुके भन्दैमा तपाई पछि नहटनुहोला,सत्य तथ्य बिषयलाइ गीत मार्फत जनतालाई जागरुक बनाउने तपाईँजस्ता साहसिक व्यक्ति पछि हट्ने हो भने यो सरकार अझै निरङ्कुश बन्ने निश्चित छ।'

पुरन लेख्छन्, 'सरकार! राष्ट्रपतिलाई हेलिकप्टर किन्न खोजेकै हो, वाइडबडीमा अनियमिता भएकै हो, एनसेलले कर छलेकै हो, अख्तियारका आयुक्तले घुस खाएकै हुन्, देशमा भ्रष्टाचार बढेकै हो, यस्तै गीत गाउदा पशुपतीसँग किन डराउछौ? किन गीत नै बन्द गर्ने उर्दि लगाउछौ? बरु राम्रो गीत गायौ भनेर स्याबासी देउ !'

सुबेदि आर एलले कमेन्ट गरे, कुनै एउटा लेखकले इथिक्स कुरा सिकाउनु भएको रहेछ, पशुपति दाईलाई। अनि मैले यसो लेखें।

लेखकले बडो इथिक्सको कुरा गर्नुभएको रहेछ, ३३ किलो सुन गाएब गर्नु कुन इथिक्सले भन्छ, त्यत्रो वाइडबडी जहाजको घोटाला कुन इथिक्स अन्तर्गत पर्छ, एउटा नागरिकले आफ्नै आँखा अगाडी यस्तो लुट देखिरहदा बोल्नलाई कुन इथिक्स रट्नुपर्ने हो। इथिक्स जनताले मात्रै मान्ने होकि सम्माननिय भनाउदाहरुले पनि।

प्रतिपक्षले भन्दा केही नहुनी एउटा चेतनशील नागरिकले भन्दा नपच्ने?? तपाईहरु जस्ता बुझक्कडलाई।

यो गीत कान थाकुन्जेल सुन्नुपर्छ आम नेपाली जनताले।

यी त शर्माका केही शुभचिन्तकहरुको उदाहरण मात्र हो । युट्यूवबाट उक्त गीत हटाएपछि सरकारको विरोधमा का छन् उनका फ्यान । सामाजिक सञ्जामा उनको समर्थकहरुको प्रतिक्रिया आउने क्रमपनि जारी छ । 

 

 

 

 

 

गत विहीबारबाट बजारमा आएको उक्त गीतमा अभिनयमा गायक शर्मा, प्रज्ज्वल भण्डारी र मञ्जु विक देखिका छन् । युट्युवमा अपलोड गरिएको २ दिनकै बीचमा भिडियो ट्रेन्डिङमा पर्न पनि सफल भएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?