काठमाडौं । सिभिल बैंकले शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । गत शुक्रवार बसेको बैंक सञ्चालक समितिको २ सय ६४ औँ बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४ दशमलब ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाइ चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँको लाभांस वितरण गर्न लागेको जनाएको छ । शेयरधनीहरुलाई ४ दशमलब ०५ प्रतिशतका दरले २९ करोड ४० लाख दुई हजार रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया