काठमाडौं । प्रभु बैंकको लाभांश सुरक्षित गर्ने आज ‘आइतवार’ अन्तिम दिन रहेको छ ।
बैंकले साधारण सभा प्रयोजनका लागि भोली ‘सोमवार’ बुक क्लोज गर्दैछ। जसअनुसार आइतवारसम्मका कायम शेयरधनीले मात्र बैंकको लाभांश प्राप्त गर्नेछन् । आगामी १९ गते बैंकले बोलाएको १७ औँ वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश पारित गर्नेछ ।
प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३ करोड ४६ लाख ६९ हजार २ सय ५७ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
अहिले यो बैंकमा संस्थापकको ६१ दशमलब ३१ र सर्वसाधारणको ३८ दशमलब ६९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया