धनगढी । धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेट प्रतियोगिता अन्तर्गत महेन्द्रनगर युनाइटेड विजयी भएको छ ।
फाप्ला क्रिकेट मैदानमा आइवार भएको पहिलो खेलमा महेन्द्रनगरले सिवाईसी अत्तरियालार्य ७ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा महेन्द्रनगरले पहिलो जित निकालेको हो । वर्षाका कारण मैदान भिजेको भन्दै खेल ६ ओभरमा घटाइएको थियो ।
५५ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको महेन्द्रनगरले ५ दशमलब ४ ओभरमा मात्र ३ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो । महेन्द्रनगरका लागि आनन्द सुब्रमन्यमले सर्वाधिक १७ रन, आरिफ शेखले १५ रन, मोहमद नाभिद ६ रन तथा कप्तान शरद भेषवाकरले ५ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ५४ रनको योगफल तयार पारेको थियो ।
अत्तरियाका लागि सन्नी पटेलले सर्वाधिक १९ रन, जय किशन कोल्शवाला र कप्तान दिपेन्द्र सिंह ऐरीले समान १०-१० रन जोडे । महेन्द्रनगरका अविनाश बोहरा र सागर ढकालले समान २-२ विकेट लिए । यो जितपछि महेन्द्रनगरले प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । महेन्द्रनगरले ५ खेलबाट ५ अंक बनाएको छ ।
यो हारसँगै अत्तरीयाले दुई खेल अगाडी नै प्लेअफमा पुग्ने मौका गुमाएको छ ।
तस्वीर : विकेट नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया