ट्रिपर चालकले मध्यराति प्रहरीलाई पाँच सय घुस दिएपछि….

काठमाडौं । चेकजाँचमा खटिएका प्रहरीलाई घुस दिने दुईजना ट्रिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीकमाटीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा बल्खुबाट बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको ट्रिपरका चालकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका ४ घर भई हाल काठमाडौंको नख्खुमा डेरागरी बस्ने २३ वर्षे ओमबहादुर कार्की र २४ वरषीय लक्ष्य पन्त छन् । 

शनिवार राति करिब १ बजे चेकजाँचका क्रममा काजपत्र नभेटिपछि मिलाइदिन भन्दै उनीहरुले दुईवटा ट्रिपरको चालकले ५ सय रुपैयाँ घुस दिएको प्रहरीले दाबी गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको कालीमाटीका प्रहरी सहायक निरीक्षक धन सिंह ठकुरीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?