बिग बास क्रिकेट : सन्दीप सम्मिलित टिम मेलबर्न स्टार्स उपविजेतामा सिमित,  रेनिगेड्स च्याम्पियन

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम मेलर्बन स्टार्स बिग बास क्रिकेटको फाइनलमा पराजित भएको छ । 

आइतवार सम्पन्न भएको फाइनल खेलमा मेलबर्न स्टार्स रेनिगेड्ससँग १३ रनले पराजित हुँदै उपविजेतामा सिमित भएको हो । १ सय ४६ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको मेलबर्नको पारी ७ विकेटको क्षतीमा मात्र १ सय ३२ रनमा समेटिएको थियो ।

स्टार्सका लागि ओपनर ब्याट्सम्यान वेन डन्कले ५७ रन तथा मार्कोस स्टोनिसले ३९ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको रेनिगेड्सले निर्धारित २० ओभमा ५ विकेट गुमाउँदै १ सय ४५ रनको योगफल तयार पारेको थियो । 

रेनिगेड्सका लागि टम कोपरले अविजित ४३ रन तथा ड्यानियल क्रिस्टियनले अविजित ३८ रन जोडे । मेलबर्न स्टार्सका लागि एडम जाम्पा र ज्याक्सन बर्डले समान २-२ विकेट हात पारे । 

नेपालका सन्दीपले कसिलो बलिङ गरेपनि विकेट भने लिन सकेनन् । सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिए ।

यसअघि सम्पन्न भएको सेमिफाइनल खेलमा सन्दीपको टिम मेलबर्न स्टार्सले होबार्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?