पशुपति शर्माको अर्को स्टाटस, गीत हटाउन बाध्य पारिएकोमा यस्तो भने

काठमाडौं । चर्चीत गायिक पशुपति शर्माले 'लुट्न सके लुट' गीत कुनै पार्टिको समर्थन र कुनै पार्टिको विरोधको रुपमा सिर्जना नगरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसुबकमा स्टाटस लेख्दै शर्माले हटाइएको गीत  कुनै पार्टिको समर्थन र कुनै पार्टिको विरोधको रुपमा सिर्जना नभएको बताएका हुन् ।

साथै उनले स्टाटस मार्फत राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रती लक्षित गरी केहि प्रचार प्रसार नगर्न पनि अनुरोध गरेका छन् । 

यस्तो छ उनले लेखेको स्टाटस:

'मैले हिजो मात्र बिबिध कारणले मेरो आधिकारिक YouTube channel बाट हटाएको गीत कुनै पार्टिको समर्थन र कुनै पार्टिको बिरोधको रुपमा सिर्जना नगरेको प्रष्ट पार्न चाहान्छु,त्यो बिशुद्द भ्रष्टाचार र धेरै बर्ष देखी बिधमान बिसंगती र विकृति बिरुद्द मात्र थियो र छ पनी भन्न चाहान्छु र यसै बिषयमा म अनी म प्रथम उपाध्यक्ष रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रती लक्षित गरी केहि प्रचार प्रसार नगरीदिनु हुन पनी बिनम्र अनुरोध गर्दछु…यहाँहरुकै आशीर्वाद र मायाले मात्र म कलाकारको रुपमा स्थापित भएकाले यहाहरुले मलाई दर्शाउनु भएको माया र सद्भाव प्रती धेरै धेरै आभारी छु ।।'

गत बिहिवार युट्यूव च्यानलमार्फत बजारमा आएको सो गीत विवादित भएपछि शर्माले सामाजिक सञ्जालमा माफी माग्दै उक्त गीत हटाएका थिए ।

उनले सार्वजनिक गरेको गीतमा राष्ट्पति, प्रधानमन्त्रीसहित व्यक्तित्व र भ्रष्टाचार र अनियमिततामाथि चोटिलो प्रहार गरेका थिए । जसमा केही अपात्य शब्द समेत प्रयोग गरिएको भन्दै समाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया आएका थिए । 

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?