नुह हिंसाका दुई आरोपीको भारतीय प्रहरीद्वारा इन्काउन्टर

लोकपथ
343
Shares

काठमाडाैं । भारतको हरियाणा राज्यस्थित मेवात नुह जिल्लामा हिंसापछि हरियाणा प्रहरीले अहिले लगातार कारबाही गरिरहेको छ । उक्त घटनामा अपराध महाशाखाले बिहीबार ठूलो सफलता हात पारेको छ । नुह हिंसाका दुई अभियुक्तको प्रहरीले इन्काउन्टर गरेको छ ।

मुठभेडका क्रममा एक अभियुक्तलाई गोली लागेको थियो । घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । इन्स्पेक्टर सन्दिर मोरको नेतृत्वमा गठित टोलीले नुह हिंसाकाण्डका अभियुक्त मुन्फेड निवासी गवार्का र सह–आरोपी साइकुल निवासी गवर्कालाई प्रहरी मुठभेडपछि पक्राउ गरेको हो । प्रहरीले आरोपीको साथबाट अवैध देशी कट्टा, मोटरसाइकल र अन्य सामान बरामद गरेको छ ।

हिंसामा संलग्न २ सय १६ जना पक्राउ

जिल्लामाउक्त हिंसासँग सम्बन्धीत १०४ एफआइआर दर्ता भएका छन् भने २१६ अभियुक्त पक्राउ परेका छन् । थप ८८ जना पक्राउ परेका छन् । उनीहरु सबैलाई सोधपुछ भइरहेको छ । त्यस्तै, सामाजिक सञ्जालमा अफवाह फैलाउने १० जनालाई पनि पक्राउ गरिएको छ ।

नुह हिंसापछि प्रशासनको कारबाही

नुहमा भएको साम्प्रदायिक हिंसापछि जिल्ला प्रशासनले रोहिंग्याको अवैध बस्तीमा बुलडोजर चलाएको छ भने २५० भन्दा बढी बस्ती भत्काइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?