काठमाडौं । नेपाल धितोपत्र बोर्डले माउन्टेन हाईड्रो नेपाललाई साधारण शेयर ‘आईपिओ’ निष्काशन गर्न अनुमति दिएको छ।
बोर्डले माउन्टेन हाईड्रोलाई १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर ‘आईपिओ’ निष्काशन गर्न अनुमति दिएको हो । यसअघि नै हाइड्राले आयोजना प्रभावित बासिन्दाका लागि शेयर निष्काशन गरेको कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्न बोर्डको स्वीकृति समते पाएको हो ।
आयोजना प्रभावितका लागि निष्काशन गरेको मध्ये ५ लाख ६६ हजार १ सय १० कित्ता शेयर बिक्री भएको थिएन । हाइड्रोले गत असार २२ गते देखि आयोजना प्रभावित स्थानीकोला लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो ।
पाँथरको फिदिममा रहेको २१ दशमलब ६ मेगावाटको आयोजनामा हेवा र फेमे खोलाको पानी प्रयोग गरिएको छ । आयोजना बनाउन करिब चार अर्ब रुपैयाँ खर्च लाग्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया