काठमाडौं । कुमारी बैंक लिमिटेड र क्लासिक उद्योगबीच कुमारी बैंकको ग्राहक महानुभावहरुले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ ।
यो सम्झौता पछि अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिंग प्रयोगकर्ताहरूले क्लासिक उद्योग मार्फत उत्पादन गरिएको म्याट्रेस खरिद गर्दा १५ प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो । आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याईरहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया