माईतिघर मण्डलामा घन्कियो : लुट्नसम्म लुट् कान्छा, यसो भने सर्वसाधारणले

काठमाडौं ।  नागरिक समाजले गायक पशुपति शर्माको अभिव्यक्ति स्वतन्त्रताको हकको रक्षा हुनुपर्छ भन्दै माईतीघर मण्डलामा ‘लुट्न सके लुट कान्छा’ गीत  बजाएका छन् । 

सरकारले देशमा कुनै पनि अपराधिक गतिविधि अन्त्य गर्न नसकेको र एउटा कलाकारको सिर्जना मार्न खोजेको भन्दै सरकार विरुद्ध सो कदम उठाएका हुन् । 

सर्वसाधारण, राजनितिज्ञ, पत्रकार, वुद्धिजिविको सहभागिता रहेको विरोध प्रर्दशनमा कम्युनिष्ट सरकार कि पञ्चायत रिर्टन्स ? लेखिएको  प्लेकार्ड देखाइएको थियो । 

गत बिहिवार युट्यूव च्यानलमार्फत बजारमा आएको सो गीत विवादित भएपछि शर्माले सामाजिक सञ्जालमा माफी माग्दै उक्त गीत हटाएका थिए ।

उनले सार्वजनिक गरेको गीतमा राष्ट्पति, प्रधानमन्त्रीसहित व्यक्तित्व र भ्रष्टाचार र अनियमिततामाथि चोटिलो प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?