लुट्न सके लुट् गीत जस्ताको तस्तै अपलोड गर्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

काठमाडौँ-  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पशुपति शर्माको लुट्न सके लुट गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ। 

आज बसेको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा गीत संगीत अभिनय लगायतका अभिव्यक्तिका माध्यमबाट जनताले सरकारको या सार्वजानिक पदधारकको आलोचना गर्न पाउनुपर्ने भन्दै  त्यो अभिव्यक्ति स्वतन्त्रता अन्तर्गतको अधिकार को विषयमा संस्थागत धारणा स्पष्ट पारेको उल्लेख छ ।

वाक स्वतन्त्रताको हनन् सह्य नहुने विज्ञप्तीमा जनाईएको छ ।

 विज्ञप्तिमा भनिएको छ, ''गीत डिजिटल प्लेटफर्ममा राख्ने या हटाउने सम्बन्धमा कहीँ कतैबाट पनि आधिकारिक निवेदन अनुरोध वा जानकारी समेत संस्थामा न आएकोले हटाउने या राख्ने सम्बन्धमा गायक शर्मालाई अहिलेसम्म संस्थाले आधिकारिक अनुरोध गरेको छैन र कुनै समूह संस्था या अन्य कुनै दल या ब्यक्ति कसैले पनि यो गीत बन्द गर्ने विषय लिएर औपचारिक प्रस्ताव दर्ता नगरेको कुरा समेत जानकारी गराउन चाहान्छौं।''

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?