काठमाडौं । वरिष्ठ गीतकार डाक्टर मुकुन्द पथिकको शब्द र वरिष्ठ संगीतकार जुगल डङ्गोलको संगीतमा गीतिसंग्रह ‘प्रतिविम्ब’ सार्वजनिक भएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाले भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गरेको सो गीति संग्रहमा गीतकार डा. पथिकको एकल रचना रहेको छ । ती सबै गीतहरुमा संगीतकार डँगोलको एकल संगीत सुन्न सकिन्छ ।
यो गीतिसँग्रहमा ६ वटा गीतहरु रहेका छन् । सँग्रहमा शुभकामना, छोरो पायो बुहारीलाई, बिदेशमा पढ्न गयो, प्रेमको प्रस्ताव, कोही मर्दा र नेपालमा जन्मेकी हुँ गीत सँग्रहित छन्। पछिल्लो समय एकल गीत निकाल्ने गरिएकोमा गीतकार पथिक र संगीतकार डँगोलले ६ वटा गीत समेटेर यो सँग्रह ल्याएका हुन् ।
यी गीतहरुलाई अग्रज कलाकारहरु मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान राना, सुगम पोखरेल, हेमन्त कान्छा रसाईली, निशान भट्टराई र प्रिजा मिश्रको स्वर रहेको छ । यी सबै गीतहरुको संगीत संयोजना पनि जुगल डँगोलकै हो । गीतलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
सोही कार्यक्रममा यो गीतिसँग्रहको छोरो पायो बुहारीलाई छोरी पायो ज्वाईंलाई‘गीतको भिडियो पनि सो कार्यक्रममा सार्वजनिक गरियो । यो भिडियोमा गायक मदन कृष्ण श्रेष्ठले सो गीत गाएको देखाईएको छ ।
जुम मार्फत आयोजित गीतिसंग्रह सार्वजनिक कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गोवर्धन पुजाले साहित्यसँग संगीत जोड्दै डा. पथिकको गीतिसंग्रह सार्वजनिक गर्न पाएकोमा निकै खुसी लागेको बताए ।
सो कार्यक्रममा डा. चुडामणी बन्धु, प्रा.डा. जयराज आचार्य, कवि मञ्जुललगायत विभिन्न अतिथिहरुको संगीतकार जुगलको संगीत सृजना तथा गीतकार पथिकको गीतबारे बोलेका थिए । कार्यक्रममा अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले अहिलेको सामाजिक बिकृति र प्रत्यक घर घरको कथा समेटिएका गीतहरु यो सँग्रहका लागि गाउन पाउँदा खुसी लागेको बताए ।
यस्तै यस गीति संग्रहका संगीतकार जुगल डँगोलले संग्रहमा रहेका गीतहरु समाज परिवर्तनकालागि सुचक बन्न सक्छ विश्वास व्यक्त गरे ।
यस्तै गीतकार डा. मुकुन्द पथिकले पनि आफ्नो गीतको भावमा संगीतकार जुगल डँगोलले न्याय गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया