शीतल निवासमा पशुपति शर्माको गीतको चर्चा !

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा प्रम तथा नेकपा अध्यक्ष ओली र प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता देउवा शीतल निवास पुगेका हुन् ।
सो भेटमा काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार पनि सहभागि थिए ।

 भेटमा उनीहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार भेटमा हालै सार्वजनिक भएको पशुपति शर्माको ल्ट्न सके लुट कान्छा बोलको गीतको समेत चर्चा भएको थियो । सो गीत विवादमा तानिएपछि शर्माले शनिबार आफ्नो यूट्यूवबाट हटाएका थिए ।
यद्यपी अहिलेपनि सो गीतका बारेमा तीब्र प्रतिक्रिया आइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?