पाकिस्तानलाई साउदी अरबले २० अर्ब अमेरिकी डलर आर्थिक सहयोग गर्ने

एजेन्सी । पाकिस्तानलाई साउदी अरबले २० अर्ब अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएको छ । 

साउदी अरबका युवराज मोहमद बिन सलमानले आर्थिक क्षेत्रमा थप विकासको अपेक्षासहित पाकिस्तानलाई २० अर्ब डलर बराबरको सहयोग गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  

साउदी अरबका युवराज सलमान पाकिस्तान भ्रमणमा रहेका छन् । 

युवराजको भ्रमणलाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रबाटै विभिन्न टिकाटिप्पणी भइरहेका बेला इस्लामावाद पुगेका साउदी युवराजलाई पाकिस्तान सरकारले भव्य स्वागत गरेको थियो । 

सलमानलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । 

सलमानसँगको भेटमा प्रधानमन्त्री खानले साउदी अरबमा रहेका आफ्ना देशका मजदुरले भोगेका दुःखका बारेमा राजकुमार सलमानको ध्यानाकर्षण समेत गराएका थिए । 

साउदी अरबको श्रम बजारमा करीब २५ लाख पाकिस्तानी नागरिक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?