लिग वान फुटबलमा ‘पीएसजी’को कठिन जित

एजेन्सी । फ्रान्सेली लिग वान फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ विजयी भएको छ । 

आइतवार राति सम्पन्न भएको खेलमा पीएसजीले सेन्ट इटियनलाई १-० गोल अन्तरले पराजित ग-यो । खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

पीएसजीका लागि खेलको ७३ औँ मिनेटमा केलियन एमबाप्पेले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले यो सिजनमा गरेको यो १९ औँ गोल हो । 

निर्धारित समयसम्म इटियनले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा १-० को हार बेहो-र्यो । जितपछि पीएसजीले १२ अंकको अग्रता बनाएको छ । पीएसजीले २३ खेलबाट ६२ अंक बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?