एकदिवसीय विश्वकप पछि गेलले सन्यास लिने

एजेन्सी । वेस्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले विश्वकप क्रिकेट पछि सन्यास लिने घोषणा गरेका छन् । 

विश्वका विष्फोटक ब्याट्सम्यानका रुपले परिचित गेलले यसै वर्ष सक्रिय खेल जिवनबाट बिदा लिने बताएका हुन् । ३९ वर्षीय गेलले यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेटपछि सन्यास लिने बताएका हुन् । 

एकदिवसीय विश्वकप क्रिकेट आगामी मे ३० देखि जुलाई १५ सम्म इंग्ल्यान्ड र वेल्समा हुँदैछ ।  इंग्लान्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा गेलल पनि सहभागी छन् । एकदिवसीय क्रिकेट यही बुधवारदेखि शुरु हुँदैछ । 

गेलले एकदिवसीय क्रिकेटमा २३ शतक तथा ४९ अर्धशतक बनाएका छन् । उनले एकदिवसीय क्रिकेटमा मात्रै ९७२७ रन बनाएका छन् ।

सन् २०१५ को विश्वकप क्रिकेटमा उनले दोहोरो शतक प्रहार गरेका थिए । जिम्बाब्वेविरुद्ध बनाएको त्यो २१५ रन नै उनको करिअरको सबैभन्दा उच्च स्कोर हो ।

अलराउडर समेत रहेको उनले एक दिवसीय क्रिकेटमा १६५ विकेट लिएका छने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?