नयाँ शक्ति पार्टी नेपाल र कांग्रेस रसुवाबीच पार्टी एकीकरण

रसुवा । नयाँ शक्ति पार्टी नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रसुवाबीच पार्टी एकीकरण हुने भएको छ । 

नयाँ शक्तिको तर्फबट प्रत्यक्षतर्फ निर्वाचित एक मात्र प्रदेश सांसद प्रेम तामाङ तथा एक मात्र निर्वाचित गाउँपालिका प्रमुख बुचुङ तामाङसहित नयाँ शक्ति पार्टी नेपाल र नेपाली कांग्रेस रसुवाबीच ऐतिहासिक तथा गौरवशाली समायोजन तथा एकीकरण हुने भएको हो । 

यही फागुन १३ गते कालिकास्थान, रसुवामा पार्टी एकीकरण हुने भएको छ । 

कांग्रेस जिल्ला कार्य समिति, रसुवाले आयोजना गरेको पार्टी एकीकरण कार्यक्रममा प्रमुख अतिथिमा कांग्रेस सभापति शेरबहादर देउवा, गगन कुमार थापा र विश्व प्रकाश शर्मा उपस्थिति रहने छ । 

 

नया शक्ती पार्टी नेपालको तर्फबाट प्रत्यक्ष तर्फ निर्बा्चित एक मात्र प्रदेश साम्सद श्री प्रेम तामाङ तथा एक मात्र निर्बा्चित गाउ पालिका प्रमुख श्री बुचुङ तामाङ सहित नया शक्ती पार्टी नेपाल, रसुवाको नेपाली कांग्रेसमा हुन गइरहेको  ऐतिहासिक तथा गौरबशाली समायोजन तथा एकिकरण  कार्यक्रममा उपस्थीतिको लागी हार्दिक अपिल गर्दछौ ।
मिती २०७५–११–१३
स्थानः कालिकास्थान, रसुवा 
प्रमुख अतिथीः पार्टी सभापति श्री शेर बहादुर देउबा
अतिथिः श्री गगन कुमार थापा, श्री विश्व प्रकाश शर्मा
आयोजक: नेपाली कांग्रेस
जिल्ला कार्य समिति, रसुवा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?