शिवम् सिमेन्टसको सार्वजनिक निष्काशन आजदेखि खुल्ला

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्मा शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री आजदेखि खुल्ला भएको छ । 

सिद्धार्थ क्यापिटल तथा शिवम् सिमेन्टस्कोे प्रति शेयर १ सय अंकित दरमा प्रिमियम वापत २ सय थप गरी प्रति शेयर ३ सयका दरले ४१,२०,००० कित्ता साधारण शेयर सर्वसाधारणका लागि आजलेखि बिक्री खुल्ला गरिएको हो । 

साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रिमियम सहित शेयर निष्काशन मूल्य २ सय तोकिएको हुँदा यस अघि ३ सयमा ,०,००० कित्ता शेयर निष्काशन गरी २,००,२४० कित्ताको मात्र आवेदन परेको र सोलाई बाँडफाँड गरिएको थियो । सो कित्तामा हाल तोकिएको निष्काशन मूल्य बमोजिम बाँडफाँड भएका शेयरधनीहरुलाई कुल १,००,१२० कित्ता शेयर थप प्रदान गरिने र बाँकि रहेको ५,७९,६४० कित्ता शेयर २ सयमा आवेदन गर्न चाहने स्थानीयलाई पुनः थप वा नयाँ आवेदन गर्न सकिने व्यवस्था भएको हुँदा इच्छुक उद्योग प्रभावित क्षेत्र मकवानपुर जिल्लाका सम्पूर्ण बासिन्दाहरुले समेत निष्काशन खुल्ला अवधिमा तोकिए बमोजिम आवेदन गर्न सक्नेछन । 

यस सार्वजनिक निष्काशनमा न्यूनतम ५० कित्ता तथा अधिकतम सम्पूर्ण कित्ताका लागि नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्वा प्रणाली मार्फत आवेदन गर्न सकिनेछ । 

सार्वजनिक निष्काशनमा एनआइविएलएस क्यापिटल लिमिटेड, ग्लोवल आइएमइ क्यापिटल लिमिटेड र सिविआइएल क्यापिटल लिमिटेड प्रत्याभुतीकर्ता रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?