क्यानडामा फेरि हिन्दू मन्दिरमा आक्रमण, खालिस्तानी आतङ्ककारीले तोडफोड गरेको आरोप

लोकपथ
63
Shares

काठमाडौं । क्यानडामा फेरि एक पटक हिन्दू मन्दिरलाई निशाना बनाइएको छ । उक्त घटनामा खलिस्तान समर्थकहरूमाथि आरोप लगाइएको छ । किनभने विगतमा मारिएका खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको पोस्टर मन्दिरको गेटमा टाँसिएको छ। घटना क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तको हो ।

ब्रिटिश कोलम्बिया प्रान्तको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो हिन्दू मन्दिर हो लक्ष्मीनारायण मन्दिर । मन्दिरको गेटमा खालिस्तान जनमतसंग्रहको पोस्टर टाँसिएको छ, जसमा खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको तस्बिर पनि देखिन्छ।

हरदीप सिंह निज्जरको हत्या

सरेका गुरु नानक सिख गुरुद्वारा साहिबका प्रमुख थिए। उनको यही असार १८ गते साँझ गुरुद्वारा परिसरमै दुई अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका थिए । हरदीप सिंह निज्जर खालिस्तान टाइगर फोर्सका प्रमुख थिए।

यो वर्ष नै हिन्दु मन्दिरमा आक्रमणको यो तेस्रो घटना हो । यसअघि ३१ जनवरीमा क्यानडाको ब्राम्पटन क्षेत्रमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरलाई निशाना बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?