ला लिगा फुटबल : रियल म्याड्रिड जिरोनासँग स्तब्ध

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । 

आफ्नो घरेलु मैदानमा  आइतवार राति सम्पन्न भएको खेलमा रियल म्याड्रिड जिरोनासँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको २५ औँ मिनेटमा रियलका लागि कासिमिरोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले पछाडि रहेको जिरोनाले खेलको दोस्रो हाफमा थप दुई गोल ग-यो ।  ६५ औँ मिनेटमा जिरोनाका लागि क्रिस्टियन स्टुआनीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

त्यस्तै ७५ औँ मिनेटमा पोर्टुले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल जिरोनाले २-१ गोल अन्तरले जित्यो । हारका बाबजुत ४५ अंक बनाएको रियल म्याड्रिड लिगको तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको बार्सिलोनाको ५४ अंक छ । २७ अंक बनाएको जिरोना भने लिगको १५ औँ स्थानमा छ । 

त्यस्तै आइतवार राति नै भएका अन्य खेलहरुमा भिल्लारियलले सेभिल्लालाई ३-० गोल अन्तरले पराजित ग-यो । यता भ्यालेन्सिया र इस्पानियोलबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

रियल बेटिस र एलाभेसबीचको खेल पनि गोलरहित बराबरीमा सकियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?