प्रभु बैंक र नेप्सेबीच शेयर मूल्य समायोजन

काठमाडौं । प्रभु बैंकको नेपाल स्टक एक्सचेञ्जमा शेयर मूल्य समायोजन भएको छ ।

बैंक नेप्सेबीच आज ‘सोमवार’ शेयर मुल्य समायोजन भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयरपश्चात शेयरमूल्य समायोजन भएको हो। साथै नेप्सेले बैंकको बोनस पश्चात समायोजित शेयर मूल्य प्रतिकित्ता २ सय १० रुपैयाँ १९ पैसा निर्धारण गरेको छ ।

नेप्सेमा १ सय ८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधारमूल्य २ सय ७२ रुपैयाँ ५९ पैसा कायम भएको छ । समायोजित शेयरमूल्यका आधारमा बैंकको शेयर कारोबार सुचारु भएको छ ।

बैंकले फागुन १९ गते आह्वान गरेको १७ औँ वार्षिक साधारण सभाका लागि सोमजार शेयरधनी दर्ता किताब बन्द गरेको हो। हाल बैंकमा संस्थापकको ६१ दशमलदब ३१ प्रतिशत र सर्वसाधारण ३८ दशमलब ६९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

हाल बैंकको ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?