महोत्तरीमा लुटेरा र प्रहरीबीच गोली हानाहाना, तीन लुटेरा पक्राउ

महोत्तरी । महोत्तरीमा लुटेरा र प्रहरीबीच गोली हानाहाना भएको छ । 

पुस २२ गते मनरा नगरपालिका २ स्थित भोलिहिमा रामसेवक यादवको घर गोदाममा भएको लुटपाटमा संलग्न लुटेरा पक्राउ गर्ने पक्रममा प्रहरी र लुटेराबीच गोलीहाना भएको हो। 

सो क्रममा प्रहरीले तीन जना लुटेरालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा २ भारतीय नागरिक समेत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका २ पुनर्बास (बी) टोल बस्ने ३२ वर्षका शक्ति कपुर पासवान, भारत बिहार मधुवनी मरनैयाका ३२ वर्षका राजकुमार मण्डल, मधुवनी थाना लदनिया तेनुवाही १२ का २३ वर्षका उपेन्द्र यादव रहेको डिएसपी खड्काले जानकारी दिए ।

पक्राउ उनीहरुको साथबाट चार थान मोटरसाइकल, नगद र मोबाइल फोन बरामद गरेको प्रहरीले जनाएको छ । ज १० प ३८७३ ग्लेमर मोटरसाइकल, भारतीय नम्बर प्लेटको होण्डा एक्स ब्लड मोटरसाइकल, ना. ३८ प. ५९७१ नम्बरको पल्सर, ना. ५६ प. ४२३५ नम्बरको एफजेड मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ  ।

अन्य फरार लुटेराहरुकाखोजी भइरहेको र पक्राउ परेकालाई डाँका तथा संगठित अपराध अन्तर्गतको मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?