एकता टुंगो लगाउन गठित कार्य दलका सदस्यसँग छलफल गर्ने नेकपा सचिवालयको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन गठित कार्य दलका सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ । 

नेकपा पार्टीको सचिवालयको सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनबारे टुंगो लगाउन कार्य दलका सदस्यहरुसँगै एक पटक सामूहीक छलफल गर्ने निर्णय गरेको हो । 

बैठकले फागुन ९ गते बिहान ९ बजे कार्य दलका सदस्यहरुसँग सामूहीक छलफल गरेर पार्टीको सांगठनिक एकीकरण सम्बन्धि आवश्यक नीति र निर्णय लिने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा संयोजक एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिवेदन पेश गरेका थिए, जसमा थप कामका लागि निर्देशन माग गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?